साइनो समाचारदाता
काठमाडौं । नेपालमा थप १४७ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ । वितेको २४ घण्टामा १४७ जना सङक्रमित थपिएसँगै अहिले नेपालमा कारोना सङक्रमितको संख्या १८ हजार २ सय ४१ पुगेको छ ।
जसमध्ये १२ हजार ८ सय ४० जना संक्रमणमुक्त भइसकेका छन भने ५ हजार ३ सय ५८ जनामा अहिले पनि संक्रमण रहेको छ । यस्तै बितेको २४ घण्टामा थप १५६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त रहनेको संख्या १२ हजार ८४० पुगेको हो । यसैबीच हाल ६ जिल्लाहरु पाँचथर, भोजपुर, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ कोरोना संक्रमणमुक्त रहेका छन्
















