‘धिक्कार छ दुइ तिहाइको सरकार’ भन्दै नेकपाबाटै जितेकी उपमेयरद्वारा राजिनामाको घोषणा - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

‘धिक्कार छ दुइ तिहाइको सरकार’ भन्दै नेकपाबाटै जितेकी उपमेयरद्वारा राजिनामाको घोषणा

साइनो समाचारदाता
उदयपुर । उदयपुरको बेलका नगरपालिकाकी उपमेयर राजकुमारी चौधरीले राजीनामाको घोषणा गरेकी छिन् । बुधबार राती फेसबुकामा एक स्थाटस लेख्दै उनले पदबाट राजीनामा दिने घोषणा गरेकी हुन् । उपमेयर चौधरीले ‘म उपमेयर पद पार्टीलाई हस्तान्तरण गर्न चाहन्छु, जनतासँग माफी माग्न चाहन्छु “कालो कर्तुतहरुको विषयमा कार्यान्वयन हुदैन । धिक्कार छ दुइ तिहाइको सरकार” भन्दै राजिनामा दिने घोषणा गरेकी हुन् ।

उपमेयरको यस्तो स्टाटस आएपछी सामाजीक संजाल प्रयोगकर्तामा चर्चा परीचर्चा सुरु भएको छ । कतीपयले चौधरीको स्टाटसर साभार गर्दै समाजिक संजालमा अनेकन अड्कलबाजी गरेका छन । कतीपयले नगरपालिकामा आर्थीक अनियमितता मौलाएको अड्कल गरेका छन । कतिपयले नगरमा भएका अनीयमितताको बिषयमा बोल्न र पद नछाड्न आग्रह गर्दै जनता साथमा रहेको जनाएका छन । उपमेयर चौधरी तत्कालीन नेकपा एमालेबाट निर्वाचित भएकी थिइन् ।

यस बिषयमा थप बुझ्न खोज्दा उपमेयर चौधरीको फोन उठेन । यस्तै नगरपालिकाका प्रबक्ता मोहन प्रसाद घिमिरेले यस बिषयमा आफु जानकार नभएको बताउदै आफुपनी पाटी र उपमेयर संग सम्पर्क गर्न खोजीरहेको र सम्पर्क नभएको बताएका छन् । यता सामाजिक संजालमा भने नगरपालिकाको आलोचना बढीरहेको छ ।

सम्बन्धित खवर