साइनो समाचारदाता । अभिनेता राजेश हमाललाई पारिवारिक शोक परेको छ । उनका एक मात्र भाइ राकेश हमालको नयाँ दिल्लीमा उपचारको क्रममा आज निधन भएको हो ।
कलेजोको समस्याका कारण उनलाई केही दिनअघि प्लेन चार्टर्ड गरेर दिल्ली पु¥याइएको थियो । त्यहाँको ह्याम्स अस्पतालमा उपचारका क्रममा उनको निधन भएको पारिवारिक स्रोतले बतायो । राकेशका श्रीमती र दुई छोराछोरी छन् । राजेशका दम्पत्ति र भाइको परिवार काठमाडौंमा एउटै घरमा बस्छन् । उनीहरुका तीन दिदीबहिनी छन् । राजेश र भाइको उमेरमा करिब डेढ वर्षको अन्तर छ । राकेश चलचित्र क्षेत्र भन्दा बाहिर थिए । राजेश अहिले काठमाडौंमा नै छन् । राकेशको शवलाई दिल्लीबाट ल्याउने विषयमा छलफल भइरहेको बुझिएको छ ।
















