क्यान्सर पिडितलाई विशाल सहयोगि मनको नेतृत्वमा १ लाख ८३ हजार सहयोग - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

क्यान्सर पिडितलाई विशाल सहयोगि मनको नेतृत्वमा १ लाख ८३ हजार सहयोग

साइनो समाचारदाता
पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नं १ कि मेररुदण्ड सम्बन्धी क्यान्सर रोगबाट पिडित महिला युगमाया लिम्बुको उपचारका लागि विभिन्न क्षेत्रका सहयोगीहरुको सहयोग जुटने क्रम चलिरहेको छ । क्यान्सर पिडित ति महिलाका लागि पथरीशनिश्चरेका युवा अभियान्ताहरुको पहलमा जुटेको रकम समेत हस्तान्तरण गरिएको छ ।

उद्योग बाणिज्य संघ पथरीका पूर्व अध्यक्ष समेत रहेका पथरीशनिश्चरे १ निवासी धनकुमार तामाङको अध्यक्षतामा बनेको विशाल सहयोगी मन नामक समुहको पहलमा जुटेको रकम मंगलवार हस्तान्तरण गरिएको हो । उक्त समुहको पहलमा देश तथा विदेशबाट उठेको १ लाख ८३ हजार रुपैयाँ पिडित महिलाका श्रीमान गणेश लिम्बु लाई घरमै पुगेर हस्तान्तरण गरेका हुन् । वि एण्ड वि हस्पिटल बिर्तामोडमा उपचार भइरहेको ति महिलाको आर्थीक स्थिति नाजुक रहेका कारण उपचारमा समस्या भएपछि सहयोगको अभियान चलाइएको विशाल सहयोगि मनका अध्यक्ष धनकुमार तामाङले बताए ।

सामाजिक कार्यमा अग्रसर रहने व्यवसायी धनकुमार तामाङ, युवा अभियान्ता भुपेन रणपहेली लगायतको अगुवाइमा बनेको उक्त समुहले आर्थीक स्थिती नाजुक भएर उपचारमा समस्या भएका विरामी तथा अन्य विभिन्न समस्यामा परेका गरिव दुःखिहरुलाई सेवा गर्दै आइरहेको छ ।

 

सम्बन्धित खवर