पथरी / ब्रेन टयुमरबाट पिडित पथरीकी १६ बर्षिया बालिका ननुना भट्टको उपचारका क्रममा मृत्यु भएको छ ।
पञ्चायत मा वि मा कक्षा १० बाट ए ई ई तयारीमा रहेकी भट्टकाे सोमबार राती ब्रेन ट्युमरको उपचार गराउने क्रममा मृत्यू भएकाे हाे । काठमाण्डौको ग्राण्डी अस्पतालमा उपचार कै क्रममा मृत्यू भएकाे परिवारले जनाईएको छ । भट्टकाे मंगलबार साँझ इटहरीको मुक्तिघाट बुढी गङ्गामा खाेलामा दाहसंस्कार गरिने परिवारका सदस्यले जानकारी दिएका छन ।
















