साइनो समाचारदाता
मोरङ । हत्या गरेर फरार रहेको १९ बर्षपछि प्रहरीले एक अभियुक्त लाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुन्दर हरैँचा ९ का ‘फटाहा कान्छा’ भनिने प्रेम मोक्तान रहेका छन् । वि.सं. २०५८ साल वैशाख ४ गते राती साँढे एघार बजे प्याराडाईज रेस्टुरेन्ट एन्ड पुल हाउसमा इटहरीका रोशन चौधरीलाई हत्या गरेको अभियोगमा मोक्तानलाई प्रहरीले पक्राउ गरेको हो । फटाहा कान्छा भनिने प्रेम र रमित मोक्तानले रोशनको हत्या गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो ।
लकडाउनका बेला लुकिछिपि घर आएका बेला प्रहरीले उनलाई पक्राउ गरेको हो । गोप्य सूचनाको आधारमा असार १८ गते उनलाइ पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारी बताए । उनलाइ म्याद थप गरी अनुसन्धान पश्चात् सुनसरी जिल्ला अदालतमा मिसिल पेस गरेको भण्डारीले बताए । घटनामा संलग्न भनिएका रमित मोक्तान भने फरार रहेको प्रहरीले जनाएको छ ।
















