साइनो समाचारदाता
उर्लाबारी । अविरल बर्षासँगैको बाढीपछि मोरङको बक्राह खोलाले धार परिर्वतन गरेको छ । खोलाले बाइस वर्षपछि धार परिवर्तन गरेसंगै खोलाको पश्चिम किनारमा बसोवास गर्दै आएका २७ परिवार जोखिममा परेका छन ।
वाढीले २० औ विघा खेति योग्य जमिन नष्ट गर्नुका साथै धानवाली समेत नष्ट गरेको छ । दिगो तटबन्ध नहुँदा बक्राह खोलाले हरेक बर्ष खेतियोग्य जमिन कटान गर्दै आएको छ । बक्राह खोलाको बाढीका कारण बिस्थापितहरुलाई सुरक्षित स्थानमा राख्ने प्रयास भैरहेको उर्लावारी नगरपालिकाका प्रमुख खड्ग फागोले जानकारी दिएका छन् । उनका अनुसार खोला किनारमा बस्ने करिव तीन सय जनाको नगरपालिकाले व्यवस्थापन गर्न लागेको हो ।

बक्राहामा आएको वाढीका कारण स्थानिय खोला किनारमा वसोवास गर्ने परिवारहरु उच्च जोखीममा रहेका कारण उनिहरुको उद्घार तथा व्यावस्थापनका लागि नगरपालिकाले तयारी थालेको नगर प्रमुख खड्ग फगोले बताए । दिगो तटबन्ध नहुँदा बर्षै देखि खेति गर्दै आएको खेति योग्य जमिन बाढिले लगेको स्थानीयबासी बताउँछन । स्थानीयको अनुसार खोलाले बेला बेला दुख दिए पनि यसरी कटान गरेको थिएन । तर यो २२ बर्ष पछि २० औ विगाह जमिन नष्ट गरेको स्थानिय बताउछन ।
यस्तै चिसाङ खोलामा आएको बढिका कारण निर्माणाधिन कानेपोखरी बेलबारी जोड्ने झोलुङ्गे पुलमा क्षती पु¥याएको छ । डास खोला, बक्राह, चिसाङ, तेली, सोल्टी, केशलिया र गछिया लगाएतका आधा दर्जन भन्दा वढी खोलामा आएको वढीले दुई दर्जन बस्तीका बासिन्दा समस्यामा परेका छन ।

















