साइनो समाचारदाता पथरी/
मोरङको उर्लाबारी–३ मंगलबारेस्थित मंगलबारे अस्पतालको नामाकरणको विवाद चर्कंदै गएको छ । मंगलबारे अस्पतालको नाम परिवर्तन गरी ‘मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर’ बनाउने प्रदेश सरकारको निर्णयविरुद्ध स्थानीय आन्दोलित भएपछि नामाकरण विवाद चुलिएको हो । अस्पतालको नाम फेर्ने निर्णयको विरोधमा स्थानीयले २७ दिनदेखि रिले अनसन सुरु गरेपनि माग सम्बोधनको पहल भएको छैन । अनसनमा विभिन्न राजनीतिक दलका नेताले पनि समर्थन जनाएका छन ।

२८ दिन रिले अनसन र ४५ दिन सम्म आन्दोलन हुदा प्रदेश सरकारले जनताको मर्म र भावनालाई कुन्ठीत गरेको प्रतिनिधि सभा सांसद डिला सौग्रौलाले बताउनु भयो । सौग्रोलाले प्रदेशको नाम तोक्न नसक्ने प्रदेश सरकार कहाँ छ ? किन जनताको भावनाको संबोधन गदैन भन्दै चाडो भन्दा चाडो संबोधन गर्न सरकारलाई अनुरोध गर्नु भयो । सौग्रौलाले संधिय सरकार कुर्सीको लुछाचुडीमा बालुवाटार र सिह दरवारमा छ जस्ते जनताको मर्म बुझदैन भन्दै आन्दोलनको स्वरुप परिवर्तन गरि १ नं. सरकार घेराउ गर्न अनुरोध गर्नु भयो ।
रिले अनसनलाई संबोधन गर्दै कांग्रेस नेता डिगबहादुर लिम्बुले भन्नु भयो “सबै पाटिका साथीहरुको योगदान र मर्मको कदर गर्दै जनताको मागमा नेपाली काङग्रेस संधै साथ रहने छ ।
अस्पतालको नाम परिवर्तन नगर्न लामो समयदेखि स्थानीय आन्दोलित भए पनि सरकारले बेवास्ता गर्दै माग सम्बोन्धन गर्नेतर्फ चासो नदिएपछि अनिश्चितकालिन रिले अनसन सुरु गरेका हुन् । अस्पताललाई स्तरोन्नती गरेर नाम परिवर्तन गर्दा भूगोलसँग जोडिएको अस्पतालको पहिचान मेटिने भन्दै त्यसो नगर्न स्थानीयले प्रदेश सरकारसँग माग गरेका छन् । २०४९ मा स्थापित भएको १५ शैयाको अस्पताललाई ५० शैयामा स्तरोन्नतीसहित प्रदेश सरकारले ट्रमा सेन्टरको रूपमा विकास गरेको छ । ट्रमा सेन्टरका लागि गत आर्थिक वर्ष २ करोड रुपैयाँ बराबरको आवश्यक उपकरणसमेत खरिद भइसकेको अस्पतालले जनाएको छ ।
















