साइनो समाचारदाता
उर्लाबारी । मोरङको उर्लाबारीमा चोरीमा संलग्न रहेको आरोपमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका–३ सालबारी बस्ने ५५ वर्षीय मुगु उराउ र उनकै छोरा सुनिल उराउ रहेका छन् ।उर्लाबारी नगरपालिका–३ मंगलबारेटोल बस्ने अम्बिका प्रसाद रिजालको घरबाट मोबाइल, सुन तथा चाँदीका गरगहना लगायतका सामग्री चोरी चोरी गरेको आरोपमा उनिहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उराउको घर खानतलासी गर्दा चोरी भएका सामानहरु मध्ये मोबाइल २ थान, चाँदीको पाउजु १ जोर बरामद गरेको जनाएको छ । अनुसन्धानको क्रममा सुनिलकै बाबु समेतको संलग्नता रहेको खुल्न आएपछि उनलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ । चोरीमा संलग्न रहेका उर्लाबारी नगरपालिका–३ शनिबारे हटिया लाइन बस्ने २१ वर्षीय वाँया चौधरी भने फरार रहेको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
















