साइनो समाचारदाता
काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले तत्काल सार्वजनिक यातायात नचलाउने भएको छ । महासंघका महासचिव सरोज सिटौलाले दिएको जानकारी अनुसार यातायात सञ्चालन सम्बन्धी परिपक्व कार्यविधि नबनेसम्म गाडी नचलाउनले निर्णय भएको हो ।
‘गाडी खोल्न लाग्यो भनेर भ्रामक समाचार बाहिरिएको रहेछ । हामी कार्यविधिको लागि छलफलकै क्रममा छौं । महासघंले गाडी खोल्ने निर्णय गरेको छैन,’ सिटौलाले भने। मजदुरको स्वास्थ्य सुरक्षा, कोरोना बीमा र गाडी रोक्ने निश्चित स्थान नतोकेसम्म नचलाउने उनले बताए । ‘हाम्रा मजदुरलाई स्वास्थ्य सुरक्षाको उपकरण, बीमा लगायतको व्यवस्था नभई कसरी काम गर्न पठाउने, भोलि केही भैहाल्यो भने जवाफदेही को हुन्छ?,’ उनले भने ।
















