साइनो समाचारदाता पथरी/
मोरङको चिसाङ खोलाको बाढीवाट बन्दै गरेको झोलुङगे पुलमा समेत क्ष्यती पुगेको छ । कानेपोखरी गाँउपालिका र बेलबारी नगरपालिका जोड्ने चिसाङ खोलाको दुःखी टोलका बन्दै गरेको झोलुङ्गे पुलको पुर्व पटिको पिल्लरमा कटान गरेको हो ।

३ बर्ष अगाडी सुरु भएको योजनाको गाउँपालिकाले समितिको विचको ताल मेल नमिल्दा काम अलपत्र परेको छ । १ वर्षमै सक्नु पर्ने झोलुङ्गे पुलको ५० प्रतिशत काम सकिए पछि अलपत्र भएको छ । पुलका लागि चाहिने तार जाली र फेब्रिकल्स केहि दिन अघि मात्र आएको छ ।
पुर्व पटिको पिल्लर भन्दा १० फिट पर रहेको खोला यस पालिको बाढिले कटान गरि ६० फिट ओर सरेको छ । जुन पुल बने दुई पालीका आवत जावत गर्न १६ किलो मिटर घुम्नु नपर्ने स्थानिय बताउछन ।
संधिय सरकार मार्फत प्रदेश संसद सुयर्माराज राईको पहलमा सुरु भएको दुई पालिका जोड्ने पुल बन्ने नबन्ने दुविधा छ ।
२०६४ सालमा संसद सुयर्माराज राईले सिलन्यास गरी बन्न सुरु भए पनि सरकार र गाउँपालिकाको वेवस्थाका कारण सम्पन्न हुन ढिलाई भएको निर्माण समितिका अध्यक्ष सुर्यबहादुर राईले बताए ।
समयमै झोलुङ्गे पुल बनेको भए पुलको दुबै साईटमा तटबन्धन हुन्थीयो र कटान हुन पाउदैन थियो । बर्षेनी आउने चिसाङ खोलाको बाढिले दुखी टोल र चिसाङ बस्ती कटान गर्दै आएको छ । चिसाङ खोलाको बाढिले दुखी टोल र चिसाङ बस्तीका१३ घर परिवार विस्थापित भएका छन ।

















