बुटवल–तानसेन सडक आज तेस्रो दिन पनि अवरुद्ध - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

बुटवल–तानसेन सडक आज तेस्रो दिन पनि अवरुद्ध

साइनो समाचारदाता
बुटवल । सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडक खण्डअन्तर्गत तल्लो डुम्रे नजिकै खसेको पहिरोका कारण आज तेस्रो दिनसम्म पनि सडक अवरुद्ध छ ।

शुक्रबार राति तानसेन नगरपालिका–८ मा पर्ने गौडेपुल नजिकै खसेको पहिरो शनिबार दिनभर दुईवटा एक्साभेटर प्रयोग गरेर काम गर्दा पनि पन्छाउन सकिएन । सडकको ६० मिटर क्षेत्रमा झरेको पहिरो ५० प्रतिशत मात्र पन्छाएर सकिएको र आइतबार वर्षा नभए साँझसम्म सडक खुल्ने जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक मदन गिरीले बताए ।

उक्त स्थानमा एक हप्तादेखि खसिरहेको पहिरो शुक्रबार राति ठूलो मात्रामा खस्दा पहिरोले लु १ क ११७५ नम्बरको ट्रकसमेत पुरेको थियो । शनिबार पहिरो पन्छाएर ट्रक निकालिएको छ । सडकमा दुई सय मिटर माथिदेखि ढुंगा, गिट्टीसहितको पहिरो खसेको छ । पहिरो पन्छाउन बुटवलतर्फ र पाल्पातर्फबाट दुई वटा एक्साभेटर र एउटा लोडरले काम गरिरहेका डीएसपी गिरीले बताए । ‘दुई वटा एक्साभेटर र एउटा लोडरले पहिरो पन्छाउने काम बिहानदेखि भइरहेको छ, वर्षा भएन र दिनभर काम गर्न पाइयो भने साँझसम्म सडक सचारु हुन्छ,’ डीएसपी गिरीले भने ।

सडक अवरुद्ध हुंदा बुटवलबाट पाल्पा हुँदै गुल्मी, अर्घाखाँची, स्याङजा, कास्की, बागलुङ, पर्वतलगायतका जिल्लातर्फ जान हिँडेका र उताबाट बुटवलतर्फ आउन लागेका सयौं सवारी साधन र यात्रु सडकमै अलपत्र परेका छन् ।

सम्बन्धित खवर