प्रहरीद्वारा अवैध सामान बरामद - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

प्रहरीद्वारा अवैध सामान बरामद

साइनो समाचारदाता
परासी । नवलपरासीको सिमावर्ती क्षेत्रबाट १ लाख ९० हजार ५ सय मूल्य बराबरको विभिन्न सर–सामान प्रहरीले बरामद गरेको छ । प्रहरीले सरावल गाउँपालिका ७ भुजहवाँबाट ६ वटा खशी बरामद गरेको हो । भारतबाट भन्सार छली नेपाल ल्याउदै गरेको उक्त ६ वटा खशी गस्तीमा खटिएको प्रहरी टोलीले बरामद गरेको हो । बरामद खसिको मुल्य ९० हजार मूल्य बराबरको रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै प्रहरीले पाल्हीनन्दन गाउँपालिका २ बाट ११ बोरा क्यानेडियन मदर बरामद गरेको छ । बरामद मटर ५५ हजार मूल्य बराबर रहेको छ । स्थानीय तस्करहरुले उक्त मटर नेपालबाट भारत लैजान खोज्दा प्रहरीले बरामद गरेको हो । कारोबारीहरु प्रहरीलाई देखेर फरार भएका थिए । त्यसैगरी प्रहरीले जिल्लाको पाल्हीनन्दन गाउँपालिका २ मुडेराबाट ५३ बोरा युरिया मल पनि बरामद गरेको छ । व्यापारीले भारतबाट भन्सार छली घरमा लुकाई राखेको उक्त युरिया मल विशेष सुराकीको आधारमा प्रहरीले बरामद गरेको हो । बरामद मल ४५ हजार ५ सय मूल्य बराबर रहेको र व्यपारीले मल किसानहरुलाई बढी मूल्यमा बेच्न राखेको प्रहरीले जनाएको छ । बरामद मालसमानहरु आवश्यक कार्वाहीको लागि महेशपुर भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर