सरकारले चार वटा पीसीआर मेसिन प्रदेश दुई, पाँच, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा पठाउने - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

सरकारले चार वटा पीसीआर मेसिन प्रदेश दुई, पाँच, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा पठाउने

सरकारले आज बेलुकासम्म सबै प्रदेशमा कोरोना रोकथामका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री पु¥याउने भएको छ । नेपाली सेनाको हेलिकप्टर र स्थलमार्गवाट सबै प्रदेशमा स्वास्थ्य सामाग्री पठाइएको हो । चीन सरकारले उपलब्ध गराएको र नेपालले किनेर ल्याएका सामाग्री प्रदेश हुँदै जिल्ला तहसम्म रहेका स्वास्थ्य संस्थामा पु¥याउन लागिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । प्रदेश एकको विराटनगर, कर्णालीको सुर्खेत र सुदुरपश्चिमको धनगढीमा सेनाको हेलिकप्टरमार्फत मास्क, स्यानिटाइजर, चिकित्सकको ब्यक्तिगत सुरक्षा सामाग्री ‘पीपीई’ पठाइएको हो । बुटवल, पोखरा, हेटौँडा र जनकपुरमा स्थल मार्गबाट सेनाको स्काई ट्रकमा औषधि र उपकरण पठाइएको छ । प्रदेश १ र कर्णाली प्रदेशका लागि उडेको नेपाली सेनाको स्काईट्रकमा अध्याधिक गन्ध आएपछि काठमाडौं फर्काइएको छ । स्काईट्रकभित्र अध्याधिक क्लोरिनको गन्ध फैलिएपछि काठमाडौं फर्काइएको हो । क्लोरिन निकालेर दुबै ठाँउमा बेलुकासम्म सामाग्री पठाइने सेनाले जनाएको छ । चीनबाट ल्याइएका पाँच वटा पीसीआर मेसिनमध्ये चार वटा प्रदेश दुई, प्रदेश पाँच, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा पठाउने र एउटा काठमाण्डौमै तयारी अवस्थामा राखिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । उपकरण पठाएपछि सम्बन्धित प्रदेशमा कोरोनाको परीक्षण गर्न सुरु हुनेछ । अहिले काठमाडौं र धरानवाट मात्रै परीक्षण भैरहेको छ ।।

सम्बन्धित खवर