साइनो समाचारदाता
गुल्मी । गुल्मी जिल्लामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) परित्याग गरेर दुई दर्जन युवा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । गुल्मीको इस्मा रजस्थलमा शुक्रबार आयोजित कार्यक्रममा नेकपा परित्याग गरी २४ जना युवा कांग्रेस प्रवेश गरेका हुन् ।
कांग्रेस प्रवेश गर्नेमा सुरेश अर्याल, विनोद आचार्य, सुरज बिकसहित २४ जना रहेको गुल्मी कांग्रेसले जनाएको छ । गुल्मीबाट तत्कालीन एमालेबाट निर्वाचित प्रदीप ज्ञवाली परराष्ट्र मन्त्री छन् । गोकर्ण विष्टले श्रम मन्त्रालय चलाउन नसकेर किक आउट हुनु परेको थियो । कम्युनिस्टहरूले प्रदेश र प्रतिनिधि सभामा जितेको गुल्मीमा जनतालाई सेवा सुविधा दिनुभन्दा पनि आफू खुसीका हर्कत गरेपछि निरास बनेका युवाहरूले नेकपा छाडेर कांग्रेसमा प्रवेश गरेका हुन् ।
रिपब्लिका दैनिकबाट
















