भुवन के.सीका छोराद्धारा प्रहरीमाथि आक्रमण - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

भुवन के.सीका छोराद्धारा प्रहरीमाथि आक्रमण

साइनो समाचारदाता
काठमाडौँ । बाजुराको बुढीगंगा नगरपालिका–७ का वडाअध्यक्ष भुवन केसीका छोरासहितको समूहद्धारा प्रहरीमाथि आक्रमण भएको छ । आक्रमणमा परि २ जना प्रहरी घाइते भएका छन् । आक्रमणबाट रिठा प्रहरी चौकीका इन्चार्ज र एक प्रहरी जवान घाइते भएका हुन् । घाइते उनीहरुको अछामको बयालपाटा अस्पतालमा उपचार भइरहको छ ।

बाजुराका एक व्यापारी कुटपिट गर्ने समूहलाई पक्राउ गर्न खोज्दा प्रहरीमाथि नै आक्रमण भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक (डीएसपी) टंकप्रसाद भट्टराईले जानकारी दिए । बुढीगंगा नगरपालिका–८ बेतालमाण्डौ बजारमा होटेल सञ्चालन गर्दै आएका व्यापारी पारस रावतलाई स्थानीय युवाहरूले कुटपीट गरेको उजुरीपछि पक्राउ गर्न गएको प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका हुन् । ढुंगामुढा गर्ने वडाअध्यक्षका छोराको समूह फरार रहेको र खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर