साइनो समाचारदाता
काठमाडौं । पछिल्लो २५ घण्टामा थप १०१ जनामा कोरोना पोजेटिभको पुष्टि भएको छ भने एकजनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सप्तरीका ७३ वर्षका पुरुषको मृत्यु भएको छ । उनलाई मंगलबार अस्पताल भर्ना गरिएको थियो भने बुधबार स्वाब संकलन गरिएको थियो । बिहीबार साँझ कोरोना संक्रमण भएको रिपोर्ट आएको केही घण्टामा नै उनको मृत्यु भएको थियो ।
मृतकको परिवार उपचारका लागि फागुनमा नै भारतमा गएको र १३ दिनअघि मात्र फर्किएर होम क्वारेन्टिनमा बसेका थिए । उनी मधुमेह र मुटु रोगका विरामी समेत रहेका ७३ वर्षीय पुरुषामा स्वास प्रश्वासमा समस्या भएपछि धरान लगिएका थियो । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको सख्यष ४० पुगेको छ ।
















