चिसाङ खोला पिडितलाई काङ्ग्रेस र तरुण दलले बाँड्यो राहत - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

चिसाङ खोला पिडितलाई काङ्ग्रेस र तरुण दलले बाँड्यो राहत

साइनो समाचारदाता
पथरी । गत शनिवार राति चिसाङ खोलामा आएको बाढीले विस्थापित भएका १३ परिवारलाई नेपाली काङ्ग्रेस ५ नं. वडा समिति र नेपाल तरुण दल कानेपोखरी–५ ले राहत वितरण गरेको छ । कानेपोखरी गाउँपालिका वडा नं ५ को दुखी टोलका ८ परिवार र सोही वडाको चिसाङ वस्तीका ५ परिवारलाई राहत वितरण गरिएको हो ।

दुखी टोलमा सरिता दनुवार, सोममाया दनुवार , वीरबहादुर दनुवार,पार्वती दनुवार ,नीरमाया माझी , उदयबहादुर माझी ,डम्बरबहादुर माझी र लक्ष्मी चौधरीलाई नेपाली काङ्ग्रेस वडा समिति र तरुण दलले राहत प्रदान गरेको हो । राहत विरण कार्यक्रममा नेपाली काङ्ग्रेस वडा समितिका सभापति टेकबहादुर मगर, सचिव सूर्यबहादुर राई लगायत तरुण दल दलका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । दुखी टोलमा नगद ५ सय रुपियाँ सहित तेल, सोयाविन, दाल, चामल, सावुन, सेनिटाइजर, टर्च लाइट र माक्स वितरण गरिएको थियो ।

यस्तै चिसाङ बस्तीका ५ परिवारलाई पनि काङ्ग्रेस र तरुण दलको टिमले राहत प्रदान गरेको छ । चिसाङ बस्तीमा पनि ५ सय नगद सहित टर्च लाइट, दाल, सोयाविन, चामल,तेल, दाल, माक्स र सेनिटाइजर प्रदान गरीएको थियो । नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता र तरुण दलका नेता कार्यकर्ताको उपस्थितिमा चिसाङ बस्तीका सानु दर्जी, गणेश राई, मानबहादुर मगर,बलबहादुर तामाङ र देव मगरलाई राहत वितरण गरिएको हो ।

कानेपोखरी –५ का काङ्ग्रेस र तरुण दल सम्बद्ध नेता कार्यकर्ताले सङ्कलन गरेको झण्डै ३० हजार रुपियाँले राहत वितरण गरिएको तरुण दलका नेता मीनराज राईले बताउनु भयो । दुखी टोल र चिसाङ बस्तीमा भएका दुबै कार्यक्रम चन्द्र गुरुङले सञ्चालन गर्नु भएको थियो ।

सम्बन्धित खवर