केराबारी गाउँपालिकाका अध्यक्षमाथि कार्यालयमै छुरा प्रहार - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

केराबारी गाउँपालिकाका अध्यक्षमाथि कार्यालयमै छुरा प्रहार

साइनो समाचारदाता
विराटनगर। मोरङको केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्कीमाथि छुरा प्रहार भएको छ । पटके कर ठेक्का लिएका स्थानीय भवन मल्ल ठकुरीले शुक्रबार विहान करिव ११ बजे कार्यालयमै खुकुरी प्रहार गरेका हुन् । गम्भीर घाइते कार्कीलाई उपचारको लागि नोबेल अस्पताल विराटनगर लगिएको छ । उनको गर्धन र हातमा चोट लागेको छ ।

घटनामा संलग्न ठकुरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्रवक्ता डीएसपी मानबहादुर राईले कार्कीलाइ चिकित्सकको निगरानीमा उपचार सुरु गरिएको र घटनामा संलग्नलाई प्रहरीले नियन्त्रणमा लिएको बताए । कार्कीलाई नोबेल अस्पतालमा उपचार शुरु गरिएको मोरङ कांग्रेसका सचिव नागेश कोइरालाले जानकारी दिएका छन् ।

आर्थिक वर्ष २०७६र०७७असार मसान्तसम्म गाउँपालिकाको पटके करको ठेक्का लिएका ठकुरी साउन १ गतेदेखि गाउँपालिका आफैंले कर उठाउन थालेको झोंकमा पालिका कार्यालय पुगेर आक्रमण गरेको कोईरालाले बताए । कार्की मोरङ कांग्रेसका प्रवक्ता पनि हुन् । सचिव कार्कीले आक्रमण गर्नेलाई कडा कारबाही हुनुपर्ने मागसहित प्रहरी (प्रशासनको ध्यानाकर्षण गरिएको बताएका छन् ।

सम्बन्धित खवर