
साइनो समाचारदाता
काठमाडौं । शुक्रवार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । बिहीवार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ७ सय रहेको थियो । आज तोलामा ५ सयले घटेर प्रतितोला ९२ हजार २ सय कायम भइ कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य ९१ हजार ७ सय ६० रहेको छ भने चाँदीको मूल्यमा १० रुपैयाँले कमि आएको छ । शुक्रवार चाँदीको मूल्य प्रतितोला १ हजार ५ रुपैयाँ रहेको थियो । आज मूल्यमा कमि आइ प्रतितोला चाँदी ९ सय ९५ कायम भइ कारोवार भइरहेको महासंघले जनाएको छ ।
















