साइनो समाचारदाता
धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना पोजेटिभ देखिएपछि त्यहाँ उपचार भइरहेका सप्तरीको राजविराज नगरपालिका ६ निवासी ७३ बर्षिय पुरुष मृत्यु भएको हो ।
उनको गएराती मृत्यु भएको बताईएको छ । उनी प्रदेश १ मा कोरोना संक्रमणबाट मृत्यु हुने पहिलो व्यक्ति हुन् । उनको शव अहिले प्रतिष्ठानको शव गृहमा राखिएको छ । शवलाई कसरी व्यावस्थापन गर्ने भनेर अहिले समवन्य भईरहेको बताईएको छ
















