पथरीमा मासु विक्रिमा कडाई - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

पथरीमा मासु विक्रिमा कडाई

पथरी
मोरङ्गको पथरी शनिश्चरे नगरपालिकाले भदौवाट वजार क्षेत्रमा वाहिर वध गरिएका मासुजन्य पर्दाथ विक्रि वितरणमा रोक लगाउने भएको छ ।
नगर भित्रै वधशाला निर्माण भएपछि पथरी वजारमा भित्र विक्रि हुने मासु लाई वधशालामै वध गर्नु पर्ने नियम लगाउन लागेको हो ।
स्वास्थ्य मासुको विक्रि वितरण गर्न नगरले वडा नम्वर १मा आधुनिक वधशाला निर्माण गरेको छ ।


करिव ७५ लाख रुपयाँको लागतमा सो वधशाला निर्माण गरिएको पथरीशनिश्चरे नगरपालिकाको पशुपन्छी शाखाका प्रमुख हेमचन्द्र दाहालले जानकारी दिए ।
वधशाला निर्माण पछि पथरी वजारमा अन्य तिर वध गरिएका मासु वेच्न वन्द गरिन लागेको दाहालले वताए ।
पथरीशनिश्चरे नगरपालिकाको २५ लाख तथा पशुपन्छी तथा मस्य विकाश निर्देशनालय विराटनगरको ५० लाख रुपयाँमा सो वधशाला निर्माण भएको हो ।
वधशालाको ७५ प्रतिशत भन्दा वडि काम सम्पन्न भइसकेको र भदौ वाट पुर्णरुपमा वधशाला सन्चालनमा आउने दाहालले जानकारी दिए ।
नर्देशनालयकै पशुवधस्थल निर्माण सुधार कार्यक्रम अन्तर्गत १ नम्वर वडाको पथरी बजारस्थित गोसलाइनमा निर्माणाधीन वधस्थलको पनि टोलीले अनुगमन् गरेको छ ।
सो बधस्थलमा दैनिक ठूला पशु ५ वटा र साना १२ वटासम्म वध तथा प्रसोधन गर्न मिल्ने छ ।
यसै गरि सो बधस्थलको कृषि क्षेत्रसंग सम्वन्धित हुने प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन समेत प्रस्तुत गरिएको छ ।
पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय प्रदेश नम्वर १ र पथरी शनिश्चरे नगरपालिकाको सहकार्यमा निर्माणाधीन वधस्थल निर्माण सुधार गर्दा कृषि क्षेत्रसँग सम्वन्धित प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन प्रस्तुत भएको हो । ग्रेट हिमालयन रिसर्च एण्ड कन्सल्ट प्रालि काठमाडौं मार्फत वातावरण इन्जिनियर आशिष राईले प्रतिवेदन तयार गरेका हुन् ।
वधस्थलबाट वातावरण प्रदुषण हुन नदिने कुरामा सहज रहँदै नगरको वातावरण संरक्षणका लागि सवै पक्षसँग सहकार्य गरेर अघि बढ्ने नगरप्रमुख दिलिप कुमार राईले वताए ।

सम्बन्धित खवर