साइनो समाचारदाता
रौतहट । बालिका बलात्कारको आरोपमा रौतहटबाट एक युवकलाई प्रहरीले पक्राउ गरेको हो । गुजरा नगरपालिका वडा ५ लक्ष्मीपुरका २२ वर्षीय शेख तुफानी बलात्कारको आरोपमा पक्राउ परेका हुन् । ईलाका प्रहरी कार्यालय बिजयौरको टोलीले तुफानीलाई पक्राउ गरेको हो ।
२ दिनअघि गुजरा ५ लक्ष्मीपुर गाउँकी एक १४ वर्षीया बालिका सौच गर्न खेतमा जाने क्रममा शेख तुफानीले बलात्कार गरेको ईलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख इन्स्पेक्टर चन्द्रकिशोर साहले बताए । पीडित बालिकाको स्वास्थ परीक्षण भैइसकेको छ । अभियुक्त तुफानीमाथि जबर्जस्ती करणी मुद्दा दर्ता भई जिल्ला अदालत गौरबाट १० दिनको म्याद थमाएर अनुसन्धान भैइरहेको सई लतिफ अन्सारीले जानकारी दिए ।
















