साइनो समाचारदाता
चितवन । चितवनमा ८ जना कोरोना संक्रमित थपिएका छन् । बुधबार भरतपुरमा रहेको प्रयोगशालामा गरिएको परीक्षणमा माडी नगरपालिकाका ८ जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालका अनुसार माडी नगरपालिका वडा नम्बर १, ७ र ८ का १९ वर्षदेखि ३६ वर्ष उमेर समूहका पुरुषहरु संक्रमित भएका हुन् ।
माडी नगरपालिकाका अनुसार उनीहरु सबै जना क्वारेन्टिनमा बस्दै आइरहेका छन् । योसँगै चितवनमा कुल संक्रमितको संख्या १०८ पुगेको छ । मंगलबार प्रयोगशालामा कुल ३०८ वटा नमुना परीक्षण गरिएको थियो । जसमध्ये २८९ नमुनाको रिपोट नगेटिभ आएको छ । चितवन जिल्लाभित्रका मात्र हालसम्म ६१ हजार बढीको नमुना परीक्षण भइसकेको छ । यस्तै भरतपुरमा नै गरिएको परीक्षणमा पूर्वी नवलपरासीको कावासोती र बुलिङटारका गरी ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका सबै जना क्वारेन्टिनमा बस्दै आइरहेका छन् ।
















