साइनो समाचारदाता काठमाडौं । मंगलबार थप ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ, यो संगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १७ हजार ६१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ६ हजार ६ सय ९५ जना संक्रमित हाल आइसोलेनसनमा रहेका छन् । गत २४ घण्टामा ३४ जना डिस्चार्ज भएका छन् भने आजसम्म डिस्चार्ज हुनेको संख्या १० हजार ३ सय २८ पुगेको छ । कोरोना संक्रमण निको हुने दर ६०.५३ प्रतिशत रहेको छ । हाल क्वारेन्टिनमा रहेकाहरुको संख्या २४ हजार ७ सय १६ रहेको छ ।
















