साइनो समाचारदाता
नेपालगन्ज । ९६ हजार घुससहित घरेलु तथा साना उद्योग कार्यालय बाँकेका सातौं तहका अधिकृत हुकुमबहादुर ओली पक्राउ परेका छन् । ओलीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित रंगे हात पक्राउ गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट आएको टोलीले उनलाई कार्यालयमै घुसहित रंगेहात पक्राउ गरेको अख्तियारले जनाएको छ । ठेक्कापट्टाको लाइसेन्स बनाइदिने भन्दै सेवाग्राहीबाट ९६ हजार तीन सय नगद लिँदै गरेको अवस्थामा ओलीलाई रंगेहात पक्राउ गरिएको आयोगको सम्पर्क कार्यालय नेपालगन्जका प्रमुख गणेश गैरेले जानकारी दिए ।
















