पथरीमा खुल्ला अनलाइन नाटक प्रतियोगिता - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

पथरीमा खुल्ला अनलाइन नाटक प्रतियोगिता

 

साइनो समाचारदाता

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको सहयोगमा पहिलो पटक देशव्यापी खुला अनलाइन नाटक प्रतियोगिता गरिएको छ ।

 

 

बासमा अभियनय गर्दै कलाकार ।

सोमबार आदिकवि भानुभक्त आचार्यको जन्म जयन्तीको सन्दर्भ पारेर भएको प्रतियोगितामा २९ वटा नाटकहरु छानिएका थिए । छानिएका उत्कृष्ठ ५ बाट मोरङकै झोराहाट नाट्य समूहको ‘बास’ नामक नाटक पहिलो बनेको छ । सुदिपजंग कार्कीको निर्देशन तथा अभिनयमा प्रदीप सरदार र अनु श्रेष्ठले साथ दिएका थिए । जुम्लाका गणेश उपाध्यायको निर्देशनमा उनको तेहेरो चरित्रको खस भाषाको नाटक निसाफ दोस्रो भएको छ । क्रियटिभ एकेडेमी काठमाडौं किर्तिपुरको वितिसा महर्जनको एकल प्रस्तुतिको नाटक तृतीय भइ पुरस्कृत बन्न पुगेको छ । महर्जनले बधु शिक्षा शिर्षकको नाटक प्रद्धर्शन गरेकी थिइन् । काठमाडौंका प्रभाकर न्यौपानेको निर्देशनको नाटक र पथरीशनिश्चरेका आकाश तिम्सिनाको निर्देशनको नाटक सान्त्वना भएको छ । प्रतियोगिताबाट छनौट पहिलो, दोस्रो र तेस्रो हुने नाटकलाई क्रमशः २५ हजार, १५ हजार र १० हजार नगद प्रदान गरिएको थिएटर निर्देशक जीवन बरालले जनाए । सान्त्वना २ नाटकलाई ३,३ हजार पुरस्कार प्रदान गरिएको छ । टाढा भएका समूहलाई बैंकबाट पुरस्कार रकम पठाइएको छ ।

समितिले पहिलो नगरस्तरीय अनलाइन एकल लोकनृत्य प्रतियोगिता पनि गरेको छ । प्रतियोगितामा नगरका १९ वटा नृत्य समावेश भएका थिए । जसमध्ये जयन्ती लिम्बू, नाइमा राई र प्रतिमा दर्नाल क्रमशः पहिलो, दोस्रो र तेस्रो भइन् । जीवन विश्वकर्मा र ऐश्वर्या राई सान्त्वना तथा जस्ना ढुंगाना पब्लिक च्वाइसको पुरस्कारबाट पुरस्कृत बनिन् । २ मिनटको नृत्यको भिडियोलाई मुल्यांकन गरी पहिलो हुनेलाई २५ हजार, दोस्रोलाई १५ हजार र तेस्रोलाई १० हजार नगद प्रदान गर्नुका साथै नृत्य प्रशिक्षण समेत प्रदान गरिने प्रवद्र्धन समितिको गीत संगीत विभाग संयोजक एवम् कार्यक्रम संयोजक देव गुरुङले जनाए । सान्त्वनालाई ३, ३ हजार तथा पब्लिक च्वाइसलाई २ हजार नगदले पुरस्कृत गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि पथरीशनिश्चरे नगर प्रमुख दिलीपकुमार राईले पुरस्कार वितरण गर्दै सृजनाको क्षेत्रमा नगरले सधैं प्रोत्साहन गरिरहने प्रतिवद्धता जनाएका छन् । कार्यक्रममा जिल्लाका अगुवा नाट्यकर्मी भरत गुरागाईंले कला साहित्यको क्षेत्रमा प्रत्येक पालिकाहरुले योजना बनाउनु आवश्यक रहेको चर्चा गरे ।

सम्बन्धित खवर