साइनो समाचारदाता
मोरङ । मोरङको रतुवामाई नगरपालिका ३ चौकीघाटबाट रतुवा खोला तर्ने क्रममा एकजनालाई खोलाले बगाएको छ । खोलाले बगाउँदा रतुवामाई नगरपालिका–७ का २४ बर्षीय अरुण ऋषिदेव बेपत्ता भएका छन् ।
सोमवार दिउँसो सवा ३ बजेको समयमा खोला तर्ने क्रममा अचानक बगाएको भन्ने खबर प्राप्त भएसंगै ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको समेत सहयोगमा खोजतलास भईरहेको तथा हाल सम्म फेला नपरेको
जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
















