प्रेमप्रसाद भट्टराई (के.डी)
पथरी । पथरीशनिश्चरे वडा नं दशस्थित जिरिखिम्ति र ऐयाबारीमा डाँस खोलामा आएको बाढीले पुर्याएको क्षतीको अनुगमन जनप्रतिनिधि सहितको टोलीबाट भएको छ ।
झरि परिरहेकै समयमा पथरीशनिश्चरे नगरपालिकाकि उपप्रमुख यमुना विष्ट (बास्तोला), वडा सदस्य अनोज घिमिरे तथा प्राविधिकको टोली डाँस खोलाले पुर्याएको क्षतीको अनुगमनमा हातमा जुत्ता र चप्पल बोकेर पुगेका थिए । सो क्रममा खोलाले कटान गरे ठाउँमा तत्कालै स्काभेटर लगाएर पानिको बहाब परिवर्तन गर्ने कार्य गरिएको थियो ।
















