कोरोना रिपोटः १६ हजार ७ सय १९ जना संक्रमित मध्ये ३८ जनाको मृत्यु - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

कोरोना रिपोटः १६ हजार ७ सय १९ जना संक्रमित मध्ये ३८ जनाको मृत्यु

साइनो समाचारदाता

काठमाडौं । कोरोना भाइरस (कोभिड१९) को संक्रमणका कारण नेपालमा थप तीन जनाको मृत्यु भएको पुष्टि भएको छ । दुई जनाको पाटन अस्पताल र एक जनाको केएमसी अस्पतालमा मृत्यु भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं महानरपालिका १० शंमखुलका ६० वर्षीय पुरुष १६ असारमा पाटन अस्पतालमा भर्ना भएका थिए । मिर्गौला रोगका विरामी उनी फोक्सोमा पानी जमेपछि अस्पताल पुगेका थिए । अस्पतालमा भर्ना भएको भोलिपल्ट गरिएको परीक्षणमा कोरोना पुष्टि भएको थियो । उनको उपचारका क्रममा २६ गते निधन भएको छ ।

पाटन अस्पतालमा नै सिन्धुपाल्चोक, पाँचपोखरी ६ का ४५ वर्षीय पुरुषको पनि निधन भएको छ । उनी क्षयरोगको उपचारका लागि १८ गते अस्पताल भर्ना भएका थिए । उपचारका क्रममा गरिएको परीक्षणमा २२ गते उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो र २५ गते उनको निधन भएको छ । यस्तै केएमसी अस्पताल, सिनामंगलमा निधन भएका गोकर्णेश्वर ४ का ५४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

मिर्गौला रोगका विरामी उनलाई श्वास प्रश्वासमा समेत समस्या भएपछि १९ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो । तर आईसीयूमा बेड नभएपछि केएमसी रिफर गरिएको थियो । उनको २१ गते नै स्वाब संकलन गरिएको थियो । तर रिपोर्ट नआउँदै २५ गते मृत्यु भयो । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबारसम्म १६ हजार ७१९ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु मध्ये ८ हजार ४४२ जना निको भइसकेका छन् । हालसम्ममा २ लाख ७९ हजार ५ सय ९९ जनाको पीसीआर बाट परीक्षण गरिएकोमा १६ हजार ७ सय १९ जनामा संक्रमण देखिएको छ । शनिबारसम्मा २४ हजार ९७ क्वारेन्टाइनमा र ८ हजार २ सय ३९ जना आइसोलेसनमा उपचार भैइरहेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खवर