साइनो समाचारदाता
विराटनगर । पछिल्लो २४ घण्टामा थप ७० जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण पुष्टि हुदा प्रदेश १ मा १३ जनामा संक्रमण पुष्टि भएको छ ।
प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार सुनसरी र उदयपुरमा ४÷४, मोरङमा ३ र झापामा २ जनामा संक्रमण देखिएको हो । सुनसरीको धरानका ४ पुरुष, उदयपुरको बेलकाका ४ पुरुष, मोरङको विराटनगरका २ जना पुरुष, सुन्दरहरैचाका १ पूरुष र झापाको भद्रपुरका २ पुरुषमा संक्रमण देखिएको हो । यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७ सय २१ पुगेको छ । ती मध्ये १ सय १५ महिला र ६ सय ६ जना पूरुष रहेका छन् । सबैभन्दा बढी झापामा २ सय ९२ जनामा संक्रमण देखिएको छ ।
शनिबार प्रदेश १ बाट ७ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत झापा, इलाम, मोरङका २–२ र सुनसरीका १ जना डिस्चार्ज भएका हुन । डिस्चार्ज हुनेहरु असार १२ देखि १७ गते सम्म भर्ना भएकाहरु रहेको अस्पताल व्यवस्थापन समिति सदस्य ध्रुव उरावले जानकारी दिए । हालसम्ममा ७५ महिला र ४ सय ७४ पुरुषसहित ५ सय ४९ जना घर फर्किएका छन् । झापा सबैभन्दा बढी २ सय २१ जना डिस्चार्ज भएका छन् । प्रदेश नं.१ मा ४ सय ४१ जना क्वारान्टाइनमा, ५२ जना आइशोलेसनमा, ४ जना आइसीयुमा र २५ जना होल्डिङ ऐरियामा उपचार भैइरहेको प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रन्त्रपरिषद्को कार्यालयले जनाएको छ ।
















