साइनो समाचारदाता / चर्चित गित ‘भैगो भैगो तिमिसँग पिरिम नलाउने’ का गायक आशीष सचिनको नयाँ गीत सार्वजनिक भएको छ । शुक्रबार ओ एस आर युट्युव च्यानलमार्फत उक्त गित सार्बजनिक गरिएको हो ।
यस गीतमा दीपक शर्माको शब्द तथा संगीत रहेको छ भने आशीषसँगै मेलिना राईले पनि स्वर सुन्न सकिन्छ । आशीष सचिन इन्टरटेन्टमेन्ट र ओएसआर डिजिटलको प्रस्तुतिमा बनेको भिडियोमा गायक आशीषसँगै, वर्षा राउत, रेश्मा घिमिरेलगायतको अभिनय छ । भिडियोमा आशीष र वर्षाको प्रेममा रेश्मा छिरेको देखाइएको छ ।
सुव्रतराज आचार्यको निर्देशनमा बनेको भिडियोमा गम्भीर विष्टको कन्सेप्ट तथा नृत्य निर्देशन छ । अर्जुन तिवारी र उनको टिमले खिचेको भिडियोलाई नवीन निरौलाले सम्पादन गरेका हुन् ।
हेर्नुहोस भिडियो :
















