वडा नं ८ द्वारा शारीरिक अशक्तलाई ह्विल चियर वितरण - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

वडा नं ८ द्वारा शारीरिक अशक्तलाई ह्विल चियर वितरण

साइनो समाचारदाता पथरी । मोरङको पथरी शनिश्चरे – ८ ले न्यून आयस्रोत भएका ६ जना शारीरिक अशक्तहरुलाई साईकल तथा ह्विल चियर प्रदान गरेको छ ।

सोमबार वडाले दुई जना पूर्ण शारीरिक अशक्तलाई ह्विल चियर र चार जना आंशिक शारीरिक अशक्तहरुलाई साईकल वितरण गरेको हो । पूर्ण शारीरिक अशक्त फिगलाल लिम्बु र रबिन्द्र कुमार राईलाई ह्विल चियर प्रदान गरिएको थियो, आंशिक शारीरिक अशक्त योगेन्द्र बि.क., प्रेम खड्का, साने दर्जी र गिताराम मगरले साईकल प्राप्त गरेका थिए ।

दैनिक कामकाजमा सहज होस् भन्ने हेतुले वडाले अपाङ्ग लक्षित बजेट ५० हजार बराबरको सामाग्री प्रदान गरेको वडाका सचिब लिलाराज भट्टराईले जानकारी दिए । सो कार्यक्रममा बोल्दै वडा अध्यक्ष बाबुराम दाहालले भने – यस बर्षको अपाङ्ग लक्षित बजेट बजेटबाट २ जना पूर्ण र ४ जना आंशिक शारीरिक अशक्तहरुलाई सहयोग गर्यौं । भावी दिनमा वडाले शारीरिक अशक्तहरुलाई पहिचान गरी सहयोग गर्नेछ ।

कार्यक्रममा वडा अध्यक्ष बाबुराम दाहाल, वडाका सचिब लिलाराज भट्टराई, सदस्यहरु शुक्र कुरुंङवाङ लिम्बु, श्याम गौतम, सिर्जना भट्टराई घिमिरे, मुना बि.क. लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर