साइनो समाचारदाता
काठमाडौं । बिहीबार राति जाजरकोटमा पहिरोले दुई घर बगाउँदा बेपत्ता भएका मध्ये सात जना मृत अवस्थामा फेला परेका छन् । पहिरोमा १२ जना बेपत्ता भएका थिए । जाजरकोटका डीएसपी किशोर श्रेष्ठका अनुसार मृत फेला परेका सात जनामध्ये चारजनाको पहिचान खुल्न सकेको छैन ।
पहिरोले घर बगाउँदा बेपत्ता भएका बारेकोट गाउँपालिका– ४ सार्कीगाउँका ५२ वर्षीय गोपाल सार्की, उनको ११ वर्षका छोरा अर्जुन सार्की, पाहुन आएका कुशे गाउँपालिका–९ का २० वर्षीया डिल्ली सार्की र १८ वर्षका वीरेन्द्र सार्कीको शव भेटिएको उनले बताए । अन्य तीन जनाको भने पहिचान खुल्न नसकेको उनले बताए ।
बिहीबार रातिको पहिरोले बारेकोट गाउँपालिका– ४ सार्कीगाउँका गोपाल सार्की र कलु सार्कीको घर बगाउँदा १२ जना बेपत्ता भएका थिए । ‘घटनाबारे म साथीहरुको सम्पर्कमै छु,’ डीएसपी श्रेष्ठले भने, ‘बेपत्ता अन्य पाँच जनाको खोजीकार्य जारी छ ।’
















