मनकामना सहकारीमा ताला लाग्ने तयारी - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बिहिबार, बैशाख २७, २०८१

मनकामना सहकारीमा ताला लाग्ने तयारी

गोपाल काफ्ले पथरी/ नीति तथा विधान विपरित एकिकरण प्रकृयामा अघि बढ्को मनकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेड पथरी र इटहरीमा रहेको महिला बचत तथा ऋण सहकारी संस्था विरुद्ध मुद्धा परेको छ ।

लकडाउनको समयमा सेयर सदस्यलाई थाहै नदिई कार्यक्षेत्र भन्दा बाहिर गएर एकिकरण हुन लागेको मनकामना बचत तथा ऋण सहकारी संस्था र महिला बचत तथा ऋण सहकारी संस्था विरुद्ध मनकामना सहकारी संस्थाका सेयर सदस्यले मुद्धा हालेका हुन । ४ सय भन्दा बढि सदस्यहरुले जिल्ला सहकारी संस्था विराटनगर र रजिष्टरको कार्यलय विराटनगरमा मुद्धा हालेका हुन ।

केहि संचालक समितिको एक्लो स्वार्थमा कार्यक्षेत्र भन्दा बाहिर गएर एकिकरण गर्न खोजिएको छ । संचालक समितिका केहि सदस्यको असहमती हुदाहुदै अध्यक्ष र सचिवको जोडमा एकिकरण हुन लागेको पुर्व संचालक विजय श्रेष्ठले बताए ।

एकिकरण हुन इटहरी ४ सुनसरीमा रहेको महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा कम्तिमा ५ प्रतिशत सेयर सदस्य दोहोरिएको हुनु पर्ने उल्लेख छ । तर विबाद आए पछि एकिकरण अभियानमा लागेका केहि संचालकहरुले आफ्नो पक्षमा रहेका पुर्व संचालकहरुलाई मात्र मिठिटङमा बोलाएर सहमती खोज्दै आएको विजय श्रेष्ठले बताए ।

एउटै उद्देश्य र कार्यक्षेत्रका सहकारीहरु एक आपसमा एकीकरण गर्न सरकारले नै निर्देशन गरेको छ तर मनकामनाले भने अर्को जिल्लाको सहकारीसंग एकीकरणका लागि लागिपरेको छ । मनकामनाको २०७६ असोज ३ गते भएको साधारण सभाको प्रस्ताव नं. ८ मा ‘‘संस्था एकीकरण सम्बन्धमा” ‘‘यस संस्थाको सेवा क्षेत्रभित्रका समान उद्देश्य लिई स्थापित तथा सहकारी संस्थाहरुसंग नियमअनुसार सहकारी एकीकरण प्रकृया अगाडी बढाई अघि बढ्न सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय गरियो।” भनेर निर्णय गरेको छ । तर सोहि निर्णयलाई देखाउदै एकिकरण अभियानमा होमिएको छ ।

तर मनकामनाको सेवा क्षेत्र भने उर्लाबारी, लेटाङ, पथरीशनिश्चरे नगरपालिका र मिक्लाजुङ गाउँपालिका रहेको छ । सुनसरीको महिला साकोस पनि सुन्दर हरैचाको एक सहकारी संग एकिकरण गरि सेवाकेन्द्र मात्र संचालन गदै आएको छ ।

सहकासी भनेको सेवामुखि हुनु पर्छ, तर यहाँ त संचालकले बैंक जस्तै ब्यापार मुखी बनाउन खोज्दैछन सेयर सदस्य तिबेन्द्र ढकालले बताए । संस्थामा भएका सबै सेयर सदस्यको माग अनुसार सेवा पुर्याउन हम्मेहम्मे भएको बेला सहकारीको कार्यलय, अध्यक्ष र कार्यलय प्रमुख र कोषध्यक्ष महिलाकै हुने गरि मर्ज गनुले संचालक माथि संका उब्जीएको छ ।

मनकामनाले आफ्नो मोरङ जिल्ला कार्यक्षेत्र तोकिएको भएता पनि हाल सम्म मनकामनाले पथरी शनिश्चरे, उर्लाबारी, लेटाङ नगरपालिका र मिक्लाजुङ गाउँपालिका सम्म मात्रै आफ्नो सेवा दिइरहेको छ । यी पालिका बाहेकका अन्य छिमेकी पालिकाबाट शेयर सदस्य बन्न चाहेमा बञ्चित गरिएको छ ।

तर यता रजिष्टर कार्यलयले साधारण सभाको निर्णय विपरित कार्यक्षेत्र भन्दा बाहिर गएर एकिकरण हुन अनुमती पत्र दिए पनि २५ गते विहिबारको निवेदनका कारण प्रकृयामा रोक लगाउने बताएको छ ।

सेयर सदस्यले विरोध गरे र साधारण सभाबाट म्यान्डेट पास नगरी आएमा प्रकृया अघि नबढ्ने सहकारी केन्द्रीय महासंघ उपाध्यक्ष रमेश पोख्रेलले बताए ।
३ दिन भित जिल्ला सहकारी र रजिष्टरको कार्यलयले पनि नसुने र प्रकृया रद्ध नगरे मनकामना सहकारी सस्थामा ताला लगाउने भन्दै हस्ताक्षर संकलन सुरु भएको छ ।

सम्बन्धित खवर