साइनो समाचारदाता
पथरी । २०७६सालमा मुलकभरका २ हजार बनलाई उछिन्दै गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार प्राप्त गर्न सफल एक बनले हरियाली बन बृतचित्र बनाएको छ ।

विहिबार हरियाली सामुदायिक बन उपभोक्ता समूह पथरी शनिश्चरेले ५० मिनेटको आफ्नो हरियाली बृतचित्र प्रदर्शन गरेको हो । उत्कृष्ट बन घोषणा भएपछि आकर्षकको केन्द्र बनेको हरियालीले आफ्नो वृतचित्रमा बनको इतिहास, वैज्ञानिक वन ब्यबस्थापन, सामाजिक, भौतिक, बिकास, गरिबी निबारणको कामहरु, भावी योजना, जंगली जनावर र रुख विरुवा लगायतको बिषय समेटिएको छ । प्रदर्शन कार्यक्रममा सब डिभिजन वन कार्यालय पथरीका प्रमुख महोमद अलाउदिनले वृत्तचित्र छिमेकी सामुदायिक वनका पदाधिकारीहरु, जनप्रतिनिधिहरु समेत बोलाएर देखाउनु पर्ने, बैज्ञानिक बनको विषयमा अझै समेटनुपर्ने सुझाए । वन समूहका अध्यक्ष काबुलबहादुर मगरले वृत्तचित्र राम्रो बनेको, थप रचनात्मक सुझाबहरुलाई समेटिने प्रतिबद्धता व्यत्तः गरे । बृतचित्र समूहका पूर्व अध्यक्षहरु कर्णबहादुर गुरुङ, देबिप्रसाद भेटवाल, रिता गिरी, सल्लाहकार गाविन्द वनेम, वर्तमान पदाधिकारी, टोली प्रमुखलगायत दुई सय बढी उपभोक्ताहरुले हेरेका थिए । अर्जुन जम्नेली राईको स्क्रिप्ट र परिकल्पना रहेको वृतचित्रको निर्देशन सन्तोष राईले गरेका थिए । करण धितालको छायांकन रहेको वृतचित्रको दृश्य सम्पादन ईश्वर दुलालले गरेका छन भने आवाज बबिता राईले भरेकी छिन् ।

मोरङको पथरी शनिश्चरे २ मा रहेको हरियालीको क्षेत्रफल २४५.९५ हेक्टर रहेको छ । एक हजार २८ घरधुरी सदस्य रहेको बनले गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय सान्त्वना २०७५, मोरङ जिल्ला वन प्रथम २०७५, मोरङ जिल्ला वन दोस्रो २०७४, जिल्ला वन कार्यालयबाट सान्त्वना पुरस्कार २०७३ प्राप्त गरिसकेको छ। सामुदायिक वनको रुपमा २०७१ साल पुस ९ गते बन दर्ता भएको थियो । वन सुरक्षण सर्वेक्षण मार्गदर्शन २०६५, वन ऐन २०४९, सामुदायिक वन उपभोक्ता समूहको आर्थिक कार्यविधि २०७३ को कानुनी दस्तावेजलाई आधार मानेर हरियाली उत्कृष्ट बन्दै आएको छ ।
















