साइनो समाचारदाता
कञ्चनपुर । बुधबार साँझ नहरमा पौडी खेल्ने क्रममा डुब्दा कञ्चनपुरको भीमदत्त नगरपालिका–१३ कि एक बालिका बेपत्ता भएकी छिन् । नहरमा पानीको बहाव उच्च भएका कारण पौडिने क्रममा डुबेर १४ बर्षिय नेहा सुनार बेपत्ता भएकी हुन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बालिका नहरमा डुबेको जानकारी प्राप्त हुनासाथ प्रहरीको टोली खोजबिनका लागि खटाइएको बताए । नहरमा पानीको बहाव उच्च भएकाले खोजबिनका लागि गाह्रो भएको उनले बताए । खोजीकार्य जारी रहे पनि बालिका अहिलेसम्म फेला पर्न सकेकी छैनन् ।
















