प्रदेश १ मा आज ४९ जना कोरोना मुक्त - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

प्रदेश १ मा आज ४९ जना कोरोना मुक्त

साइनो समाचारदाता

विराटनगर । प्रदेश १ बाट बुधबार ४९ जना संक्रमित डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको संख्या ५ सय २७ पुगेको छ ।

आज वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १४ र पूर्वाञ्चल विश्वविद्यालय कोभिड अस्पतालबाट ३५ जना डिस्चार्ज भएका हुन् । डिस्चार्ज भएकामा ३९ जना पुरुष र १० जना महिला छन् । डिस्चार्ज भएकाहरु झापा, मोरङ, सुनसरी र इलामका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले प्रदेश १ को धनकुटा, भोजपुर, सोलुखुम्बु कोरोना मुक्त जिल्ला भएको बताएका छन् । मंगलबार प्रदेश १ को तेह्रथुम जिल्ला पनि कोरोना मुक्त भएको थियो । तर बुधकार तेह्रथुममा एकजना संक्रमित भेटिएका छन् ।

प्रदेश १ मा बुधबार १७ जनाथपिएसँगै कोरोना संक्रमितको संख्या ७ सय २ पुगेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा ३, झापामा ७, सुनसरी, इलाम र ताप्लेजुङमा २/२ जना र तेह्रथुममा १ जनामा संक्रमण देखिएको हो । मोरङको लेटाङ नगरपालिकामा एक जना पुरुष र धनपालथानमा २ जना पुरुष, झापाको मेचीनगरमा एक जना महिला, ४ जना पुरुष, विर्तामोड र हल्दिबारीमा १/१ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । सुनसरीको इटहरीका २ जना पुरुष, तेह्रथुमको लालीगुराँसमा एक जना पुरुष, ताप्लेजुङको फुङलिङमा एक जना महिला र एक जना पुरुष, इलामको सन्दकपुरमा २ जना पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खवर