सडकमै धान रोपेर विरोध - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

सडकमै धान रोपेर विरोध

साइनो समाचारदाता
वीरगञ्ज । पर्साको छिपहरमाई गाउँपालिका– ५ भिस्वाका स्थानीयले हिलाम्य सडकमा धान रोपेर विरोध गरेका छन् । वर्षा शुरु भएसँगै भिस्वा बजार हुँदै वीरगञ्ज आउने सडकखण्ड हिलाम्य भएपछि धान रोपेर विरोध प्रदर्शन गरिएको स्थानीयले बताएका छन् ।

भिस्वा गाउँबाट भिस्वा बजार हुँदै जिल्ला सदरमुकाम वीरगञ्ज जाने सडक हिलाम्य भएर आवत जावत गर्न समेत समस्या भएपछि सडकमै धान रोपेर विरोध गरिएको स्थानीय हरेन्द्र कुशवाहले बताए । ‘सडकको दुरावस्थाले गाउँमा मोटरसाइकल, साइकल, एम्बुलेन्स आउन जान नसक्ने अवस्था छ । पैदल यात्रुलाई समेत सडकमा हिँड्न गाह्रो भइरहेको छ’ उनले भने ।

गाउँपालिकामा स्रोत र साधन भए पनि स्थानीय जनप्रतिनिधिले समस्या समाधानका लागि चासो नदेखाएकाले सडकमै रोपाइँ गरेको कुशवाहले बताए । सडक भन्दा तीन फिट माथि नाला बनाएको तर सडकको उचाइ नबढाइएकाले पानीको निकास हुन नसकेर सकडमै जम्ने गरेको स्थानीयको भनाइ छ ।

तर छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज गुप्ताले भने उक्त सडकखण्ड बनाउने जिम्मा प्रदेश सरकारको भएको बताएका छन् । सडक बनाउनका लागि प्रदेश सरकारले ठेक्का लगाइसकेको र ठेकेदार कम्पनीको लापरवाहीका कारण गाउँबासीले सास्ती भोग्नुपरेको उनको भनाइ छ ।

‘सडकको दुरावस्थाका कारण जनताले सास्ती पाएका छन्, तर त्यो सडक बनाउन प्रदेश सरकारले ठेक्का लगाएको छ,’ उनले भने ‘ठेकेदार कम्पनी तथा प्रदेश सरकारलाई सडकको समस्याबारे पटक पटक झकझकाएको छु । तर सुनिरहेका छैनन् ।’ बाटोमा धान रोप्न जनतालाई नआउने भन्दै गाउँपालिका अध्यक्ष गुप्ताले राजनीतिक उक्साहटमा सडकमा रोपाइँ गर्ने काम भइरहेको बताए ।

सम्बन्धित खवर