साइनो समाचारदाता काठमाडौं । नेपालमा थप २५५ जनामा कोरोनाभाइरस संक्रमणको पुष्टि भएको छ । बुधबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बितेको २४ घण्टामा थप २५५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।
बुधबार ४ हजार ६ सय ९६ जनाको पिसिआर बिधिबाट कोरोना परिक्षण गरिएको थियो जसमध्ये २ सय ५५ जना संक्रमित फेला परेका हुन् । योसँगै नेपालमा संक्रमितको कूल संख्या १६ हजार ४२३ पुगेको मन्त्रालयले जनाएको छ ।
















