साइनो समाचारदाता पथरी । मोरङको पथरी शनिश्चरे ९ बाट चोरी भएको मोटरसाइकल सहित ३ जनालाई प्रहरीले पक्राउ परेका छन् । पक्राउ पर्नेमा पथरी शनिश्चरे नगरपालिका १० का २० बर्षीय निमा तामाङ, बेलबारी नगरपालिका २ का २० बर्षीय पृतिमान भण्डारी र २२ बर्षीय अभिषेक कट्टेल रहेका छन् ।
आफ्नो को ३४ प ६००४ नम्बरको मोटरसाईकल सोमवार राती करिव २ बजेको समयमा घरबाट नै हराएको भनी पथरी शनिश्चरे नगरपालिका वडा नं २ का आतेजुङ राईले जानकारी गराए पछि खोजिमा खटिएको प्रहरी टोलीले उनिहरूलाई चोरिको मोटरसाईकल सहित पक्राउ गरेको थियो । पक्राउ परेका मध्ये निमा तामाङले केही समय अगाडी पथरी बजारका केही पसलहरुबाट जिन्सी समानहरु समेत चोरी गरेको खुल्न आएको तथा अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
















