
साइनो समाचारदाता काठमाडौँ । मन्त्रिपरिषदको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ । बैठक ४ बजेका लागि बोलाइएको भएपनि केही घण्टा ढिलो सुरु भएको हो ।
आजको बैठकले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्ति गर्नेछ । आईजीपीको दौडमा एआईजीद्धय शैलेश थापा क्षत्री र हरि पाल रहेका छन् । त्यही अनुरुप गृहमन्त्रालयले प्रस्ताव मन्त्रिपरिषदमा पेश गर्दैछ ।
















