गोपाल काफ्ले पथरी/ मोरङको पथरीशनिश्चरे ६ ले आर्थिक वर्ष २०७५/७६ को पशु विमा कार्यक्रम सम्पन्न गरेको छ । वडा भित्रका र्फम र ब्याक्ती गरि ३२ जना कृषकले १५० ओटा पशुको विमा गराएका छन ।

विमा रकमको ७५ प्रतिसत नेपाल सरकारले अनुदान दिएको छ भने बाकी रहेको रकमको पुर्न ७५ प्रतिसत वडाले अनुदान दिएको छ । आर्थिक बर्ष ७५/७६ मा वडाले १ लाख ५० हजार बजेट विनियोजन गरेको थियो ।
पथरीशनिश्चरे वडा नं. ६ ले नगरमै पहिलो वडा पशु विमा कार्यक्रम ल्याएर हो । वडा भित्र धेरै र्फम र कृषकहरु ब्यावसायीक पशुपालन गर्ने भएकाले कृषकलाई प्रोस्हान गर्न पशु विमा कार्यक्रम ल्याएको वडाध्यक्ष तामाङले बताए । विमा कार्यक्रममले कृषक लाभान्वीत भएकाले आउदो ७६/७७ मा पनि विमाले निरन्ता पाउने वडाध्यक्ष तामाङले बताए ।
अनुदान पाए पछि कृषकहरुले पशुको विमा गर्दै ब्यावसाय बढाउदै लगेका छन । कृषकको विमा प्रतिको माग र सहभागिताले नगरका अन्य वडाले समेत अर्थिक वर्ष ७६/७७ मा पशु विमा कार्यक्रम राखेको छ । पहिले पहिले पशु विमा नगरेका कृषक यो कार्यक्रम आए पछि लाभान्वीत भएको सेवा पाएका किषनले बताए
















