किसानहरुको शान्तिपूर्ण आन्दोलनमा सुरक्षाकर्मीले बल प्रयोग गर्योः सरोकारवाला - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • आइतबार, बैशाख ०२, २०८१

किसानहरुको शान्तिपूर्ण आन्दोलनमा सुरक्षाकर्मीले बल प्रयोग गर्योः सरोकारवाला

 

साइनो समाचारदाता

काठमाडौं । ऐतिहासिक प्राचीन खोना/बुङा/कुदेश क्षेत्रका आदिवासी नेवाः र स्थानीय जनतामाथि सुरक्षाकर्मीको अनावश्यक बल प्रयोग र धरपकडप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सत्ता र शक्तिको उन्मादमा आदिवासी नेवाःको आदिभूमि अतिक्रमणको विरुद्ध शान्तिपूर्ण आन्दोलनमा रहेका र आफ्नो जमिनमा संयुक्त खेत रोपाईं गर्न खुदोल फाँटमा पुगेका किसानहरूमाथि सुरक्षाकर्मीले बल प्रयोग गरेको थियो । अनावश्यक बल प्रयोग र धरपकडप्रति नेपालका आदिवासी जनजातिहरूको सवाल र आन्दोलनमा केन्द्रित संगठनहरूको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

शनिबार विज्ञप्तीमा भनिएको छ, राज्य सरकार र खटिएका सुरक्षाकमीहरूको यसखाले मानवअधिकार विरुद्धको कदम र कार्यप्रति हामी घोर भत्र्सना गर्दछौं ।शान्तिपूर्ण आन्दोलनमा अनावश्यक रुपमा हवाइ फायरसँगै अश्रु ग्याँस प्रहार र लाठी चार्जबाट अभियन्ता विद्या श्रेष्ठ, दुर्गाराम महर्जनलगायत दर्जनौँ घाइते भएको विज्ञप्तमा उल्लेख गरिएको छ । सरकारको तर्फबाट भइरहेको यसखाले अमानवीय, निन्दनीय, बाँच्न पाउने अधिकार विरोधी कमदलाई तुरुन्त सच्याउन त्यस क्षेत्रका जनताको सरोकारलाई अविलम्ब सम्बोधन गर्न गराउन आग्रह गरिएको छ । नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगतबहादुर बराम, नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्रकार, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघकी चिनीमाया माझी, नेपालका आदिवासीहरूको मानवअधिकार सम्बन्धी वकिल समूहका सचिब शंकर लिम्बूले विज्ञप्ती जारी गर्दै सो माग गरेको हो ।

 

विज्ञप्तीको पूर्ण पाठ

ऐतिहासिक प्राचीन खोना/बुङा/कुदेश क्षेत्रका आदिवासी नेवाः र स्थानीय जनताको बाँच्न पाउने अधिकारलाई समेत हनन् गर्दै सत्ता र शक्तिको उन्मादमा आदिवासी नेवाःको आदिभूमि अतिक्रमणको विरुद्ध शान्तिपूर्ण आन्दोलनमा रहेका र आफ्नो जमिनमा संयुक्त खेत रोपाईं गर्न खुदोल फाँटमा पुगेका किसानहरूमाथि सुरक्षाकर्मीको अनावश्यक बल प्रयोग र धरपकडप्रति नेपालका आदिवासी जनजातिहरूको सवाल र आन्दोलनमा केन्द्रित संगठनहरूको गम्भीर ध्यानाकर्षण भएको छ ।
राज्य सरकार र खटिएका सुरक्षाकमीहरूको यसखाले मानवअधिकार विरुद्धको कदम र कार्यप्रति हामी घोर भत्र्सना गर्दछौं । शान्तिपूर्ण आन्दोलनमा अनावश्यक रुपमा हवाइ फायरसँगै अश्रु ग्याँस प्रहार र लाठी चार्जबाट अभियन्ता विद्या श्रेष्ठ, दुर्गाराम महर्जनलगायत दर्जनौँ घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।
मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय कानून तथा मौजदा राष्ट्रिय कानूनको बर्खिलापमा सरकारले स्थानीय जनतासँगको स्वतन्त्र अग्रिम जानकारी सहितको मञ्जुरी बिना प्राचीन ऐतिहासिक क्षेत्र खोना/बुङा/कुदेश सम्पदा क्षेत्रलाई विनाश पुग्ने तथा जनताको नीजि सम्पत्तिलाई जर्बजस्त रुपमा अधिकरण गर्ने र उठीबास लगाउने फास्ट ट्रयाकको नाममा भइरहेको विकासको हामी घोर विरोध गर्दछौं ।
सरकारले जनताको मुद्दालाई गम्भीरतापूर्वक प्राथमिकता दिनुपर्नेमा उल्टै कोभिड–१९को महासंकटमा समेत यसखाले घृणित कार्य कदापि न्यायोचित हुन सक्दैन । राज्यद्वारा आदिवासीमाथि भइरहेको विभेदको यो निरन्तरता हो । सरकार र सम्बन्धित संयन्त्रहरूले विकल्प निकाल्नुको अलवा शक्तिको दम्भमा जनताको सरोकारलाई निस्तेज पार्न निरन्त उद्दत भएकोप्रति समेत हामी घोर निन्दा व्यक्त गर्दछौं ।
ऐतिहासिक सम्पदाले भरिपूर्ण नगरी खोना/बुङा/कुदेश क्षेत्रमा राज्य सरकारबाट भइरहेको ज्यादती तथा मानवअधिकार विरुद्धको कदमप्रति सम्पूर्ण मानवअधिकारवादी संगठनहरू, कुटनीतिक नियोगहरू, विकास साझेदारी संस्थाहरूको गम्भीर रुपले ध्यानाकर्षण गराउँदछौं ।
तसर्थ, सरकारको तर्फबाट भइरहेको यसखाले अमानवीय, निन्दनीय, बाँच्न पाउने अधिकार विरोधी कमदलाई तुरुन्त सच्याउन त्यस क्षेत्रका जनताको सरोकारलाई अविलम्ब सम्बोधन गर्न गराउन हामी जोड्दार आग्रह गर्दछौं ।
विभेदकारी राज्यसरकार र व्यवस्थाको सबैखाले निर्णय र व्यवहारको आ–आफ्नो ठाउँबाट बिरोध जनाउन र प्रतिरोध गर्न गराउन नेपालको आदिवासी जनजाति आन्दोलनसँग जोडिएका सम्पूर्ण आदिवासी जनजातीय संगठनहरू, सम्पूर्ण आदिवासी जनजाति नागरिकलगायत न्याय, समानता, समता, मानवअधिकारको पक्षधर र सबैखाले विभेदको अन्त्य चाहने आम नेपाली जनतामा हार्दिक अपील गर्दछौं ।
कोभिड-१९को विरुद्ध सबै एकजुट हुन हार्दिक अपीलसहित ।
जय आदिवासी जनजाति ।
मितिः २०७७/०३/२०
==========
श्री जगतबहादुर बराम, अध्यक्ष, नेपाल आदिवासी जनजाति महासंघ
श्री नरेश ताम्रकार, अध्यक्ष नेवाः देय् दबू
श्री चिनीमाया माझी, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ
श्री शंकर लिम्बू, सचिव, नेपालका आदिवासीहरूको मानवअधिकार सम्बन्धी वकिल समूह

 

सम्बन्धित खवर