स्वतन्त्रको नाममा सडकमा प्रद्धर्शन गर्नेलाई नेकपाले कारबाही गर्ने - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

स्वतन्त्रको नाममा सडकमा प्रद्धर्शन गर्नेलाई नेकपाले कारबाही गर्ने

 

साइनो समाचारदाता

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पार्टी नीति विपरित अध्यक्षको पक्ष र विपक्षमा प्रदर्शन गर्ने कार्यकर्ताहरुलाई कारवाहीको माग गरिएको छ ।

पार्टीको स्थायी समितिको बैठकमा प्रधानमन्त्री ओलीको राजिनामा माग भएपछि केही दिनदेखि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई नहटाउन चेतावनी दिँदै सडकमा प्रदर्शन भइरहेको छ । त्यस्तो प्रदर्शनमा पार्टीका अर्का अध्यक्ष प्रचण्ड लगायत वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल आदिलाई अमर्यादित भाषा प्रयोग गरेर बोल्ने र प्लेकार्ड प्रदर्शन गर्ने काम भएको छ । युवा र विद्यार्थीहरुको एउटा समूहले शनिबार नेकपा मोरङका पार्टी नेतृत्वसमक्ष कारवाहीको माग गरेको थियो । पार्टी नेतृत्वले सबैले पार्टी अनुशासन मान्नुपर्ने र पार्टी सदस्य र जिम्मेवारीमा रहेको व्यक्तिले स्वतन्त्रको नाममा कुनै गतिविधि गर्ने छुट नपाउने जवाफ दिएपछि युवा विद्यार्थीहरुले पार्टी कार्यालय भित्रै प्लेकार्डसहित धर्नामा बसेका थिए । नेकपालाई अरिङगालको झुण्ड हैन, कर्मी, मैरी चाहिएको छ, आजलाइै हैन भोलिलाई, व्यक्तिलाई हैन विधिलाईलगायत प्लेकार्ड बाकेर धर्नामा बसेका हुन् ।

अमर्यादित गालिगलौजको विरुद्धमा रहेका युवाहरुले शनिबार मोरङका पार्टी अध्यक्ष ऋषिकेश पोखरेल, सचिव गणेश उप्रेती, कार्यालय सदस्य बाबुराम कार्की, रामलाल साह, विराटनगर नगरसमितिका अध्यक्ष सागर थापा र सचिव हेम कार्कीसहितको टोलीलाई त्यस्ता प्रदर्शन रोक्न दबाब दिए । पार्टी नेताहरुलाई दबाब दिँदै अनेरास्ववियूका नेता ओसिम आलम, युवा संघका नेता इश्वरी आचार्य, विद्यार्थी नेता ताजिम अन्सारीलगायतको नेतृत्वमा ५० भन्दा बढी युवाहरु पार्टी कार्यालयमा भेला भएका थिए । विद्यार्थी नेता ओसिम आलमले पार्टीका शीर्ष नेताहरुविरुद्ध गाली गलौज गर्ने र भारतीय दलालको रुपमा चित्रित गर्दै सडकमा आउने क्रमलाई नरोक्ने हो भने आफूहरु पनि केपी ओलीको राजीनामा माग्दै सडकमा आउने चेतावनी दिए । उनले भने, ‘पार्टी फुटाउन नेताहरुलाई उत्तेजित पार्ने र व्यक्तिको पछि लागेर विधि र पद्धतिलाई मिच्ने गरी कुनै गतिविधि हुनुहुँदैन भन्ने हाम्रो माग हो ।’ यस्तै युवा संघका नेता इश्वरी आचार्यले प्रचण्ड या माधव नेपाल लगायतका नेतालाई बद्नाम गर्नेगरी भइरहेको गतिविधि नरोकिए आफूहरु पनि व्यानर लिएर सडकमा आउने बताए ।

 

 

युवा तथा विद्यार्थी नेताहरुको मन्तव्य पछि मोरङका नेकपा अध्यक्ष ऋषिकेश पोखरेलले स्वतन्त्रको नाममा सडकमा आएर नेताका विरुद्धमा तथानाम गाली गलौज गर्नेहरु पार्टी सदस्य हुन नसक्ने बताए । स्वतन्त्रको नाममा सडकमा आन्दोलन गर्ने पार्टी सदस्य नहुने बताउँदै उनले अहिले युवाहरुले पार्टी एकताको पक्षमा र नेताहरुलाई मिल्नुपर्ने दबाब दिनुपर्ने जनाए । नेकपा मोरङका सचिव गणेश उप्रेतीले स्वतन्त्रको नाममा आन्दोलन गर्नेहरुको नाम लिष्ट लिएर आए कारबाही गरिने प्रतिबद्धता जनाए ।

सम्बन्धित खवर