साइनो समाचारदाता
विराटनगर । हालसम्ममा कोरोना (कोभिड १९) बाट डिस्चार्ज हुनेको संख्या ४ सय २१ पुगेको छ भने संक्रमितको संख्या ६ सय ५३ पुगेको छ । यो १४ जिल्ला समेटिएको प्रदेश १ तथ्यांक हो ।आजै कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट १५ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ६ जना डिस्चार्ज भएका हुन । ती मध्ये १३ महिला र ८ पुरुष रहेका छन् ।
मोरङबाट १२, सुनसरीबाट ५ र उदयपुरबाट ४ जना डिस्चार्ज भएका हुन् । विराटनगरबाट डिस्चार्ज हुनेमा ३ वर्षका बालकदेखि ४८ वर्षसम्मका रहेको कोभिड १९ उपचार केन्द्र विराटनगर अस्पताल व्यवस्थापन समितिका सदस्य ध्रुव उरावले जानकारी दिए । उनीहरु जेठ २७ देखि असार १२ गते सम्म भर्ना भएका थिए । हालसम्मसमा डिस्चार्ज भएको मध्ये सबैभन्दा बढी झापाबाट १ सय ७२ जना डिस्चार्ज भएका छन् । त्यसपछि मोरङबाट ९९, सुनसरीबाट ६१ जना, उदयपुरबाट ४१ जना डिस्चार्ज भएका छन् । हालसम्ममा प्रदेश १ बाट सबैभन्दा बढी झापामा २ सय ७१ जना संक्रमित भएको पुष्टि भएको छ ।
















