साइनो समाचारदाता
तेह्रथुम । तेह्रथुमको फेदाप पोक्लाबङमा रहेको समाधि स्थल भत्काइएको भन्दै फेदाप गाउपालिकाको स्थानीय न्यायिक समितिको कार्यालयमा तालाबन्दी गरेको छ ।

असार १८ गते आदिबासी याक्थुङ लिम्बु समाधि स्थल संरक्षण संघर्ष समितिले तालाबन्दी गरेको हो । समितिले दिएको निवेदन उपर कुनै कार्य सम्पादन समेत नगरी वेवास्ता गरेकाले न्यायीक समितिको कुनै अर्थ नरहेको ठहर गर्दै चरणबद्ध कार्यक्रमको घोषणा गर्दै तालाबन्दी गरेको संघर्ष समितिका सदस्य संतोष कुरुम्बाङले बताए ।
पोक्लबाङमा समाधि स्थल खनिएको विषयमा संघर्ष समितिले आन्दोलन घोषण गर्दै पहिलो चरणमा स्थानीय न्यायीक समितिमा तालाबन्दी गरेको हो । समितिले गाउँपालिका अध्यक्ष हरि प्रसाद चोङबाङ (लिम्बु) लाई ज्ञापन पत्र बुझाउन खोजिए पनि ज्ञापन पत्र नलिए पछि स्थानीय न्यायीक समितिमा निवेदन दिईएको थियो । गाउँपालिकाकी उपाध्यक्ष एवम् न्यायीक समितिकी प्रमुख गिता देवी थापाले ज्ञापन पत्र माथिकुनै कार्बाही अघि नबढाईएको प्रति संघर्ष समिति रुष्ट छ । समितिले असार २१ गते गाउँपालिकाको अध्यक्षको कार्यकक्ष र असार २४ गते सम्पूर्ण गाउँपालिकाको कार्यालयमा तालाबन्दी गर्ने बताएको छ ।

















