साइनो समाचारदाता
काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) सधाझै थपिएको छ । देशभरका ल्याबमा ४ हजार ५ सय ३७ नमुुनाको परीक्षण गर्दा ४ सय ७३ जनामा संक्रमित भएको थाहा भएकोे हो । संक्रमण पुष्टि भएको ४ सय ७३ जना कहाँ कहाँबाट थपियो ?
सबैभन्दा धेरै कैलालीमा कैलाली १ सय ६५ जना संक्रमित थपिएका छन् । काठमाडौंका १७ महिला र ११ पुरुषमा संक्रमण पुष्टि भएको हो । डोटीमा ५८ जना, बझाङका ३५, कञ्चनपुर र अछामका ३१/३१ जना, धनुषाका ३०, लमजुङका १६, महोत्तरीका १३, सप्तरीका १० जना, ललितपुर र भक्तपुरमा २/२ जनामा संक्रमण पुष्टि भएको छ । मोरङका ६ जना, सुनसरी, सिन्धुपाल्चोक र दाङका ४/४ जना, तनहुँ र दैलेखका ३/३ जना, चितवन, दोलखा, पर्वत र स्याङ्जाका २/२ जनाको रिपोर्ट पोजेटिभ आएको छ । त्यस्तै गरी काभ्रे, धादिङ, रामेछाप, नुवाकोट, रसुवा, गोरखा, मकवानपुर, सिन्धुली, नवलपरासी, पाल्पा, रुपन्देही, बर्दिया, कास्की, बाग्लुङ, उदयपुर, झापा, खोटाङ, कालीकोटका १/१ जनामा पनि संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यससँगै कुल संक्रमितको संख्या १४ हजार ५ सय १९ पुगेको छ । उनीहरूमध्ये ३१ जनाको मृत्यु भएको छ भने ५ हजार ३ सय २० जना डिस्चार्ज भएका छन् ।
















