
साइनो समाचारदाता उर्लावारी । उर्लावारीमा थप ६ जनामा कोरोना संक्रमण देखिएको छ । यो संगै उर्लाबारीमा कोरोना सङक्रमितको सङख्या ७ पुगेको छ । बुधबार कुवेतबाट फर्केर आएकी एक जना महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
बिहीबार उर्लावारी स्वास्थ्य शाखाले बुधबार १ र बिहीबारका ६ जना गरेर ७ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेको हो । संक्रमित हुनेहरुमा २ जना पुरुष र ५ जना महिला छन् । दुबईबाट आएका २ जना पुरुष र कुवेतबाट आएका ५ जना महिलामा कोरोना संक्रमण देखिएको उर्लावारीको स्वास्थ्य शाखाले जनाएको छ । संक्रमितहरु सबै राधिका माविको क्वारेनटाइनमा बसेका हुन् । उनीहरुको स्वास्थय अवस्था सामान्य रहेको नगरपालिकाले जनाएको छ ।
एक जना संक्रमितलाई उपचारका लागि कोभिड उपचार केन्द्र विराटनगरमा पठाइएको छ । बाँकी ६ जनालाई आवश्यक प्रक्रिया पुरा गरेर विराटनगर पठाउने तयारी भइरहेको उर्लावारीको स्वास्थ्य शाखाले जनाएको छ । समुदाय स्तरमा कुनै पनि केश नदेखिएकाले आवश्यक सावधानी अपनाएर सुरक्षित रहत र नआत्ति पनि स्वास्थ्य शाखा उर्लावारीले सबैलाई अनुरोध गरेको छ ।
















