साइनो समाचारदाता । सामाजिक सञ्जाल फेसबुकमा लाइभ गर्दै दाङको तुलसीपुरमा एक युवतीले आत्महत्या गरेकी छिन् । तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवाकी अन्दाजी २३ वर्षकी एलिसा गौतमले गत राति फेसबुकमा लाइभ गरेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङ्गका प्रमुख एसपी गणेश चन्दले जानकारी दिएका छन् ।
गौतमको केही समयअघि डिभोर्स भएको खुल्न आएको तुल्सीपुर प्रहरीले प्रारम्भिक जानकारी प्राप्त भएको तर थप अनुसन्धान बाँकी रहेको एसपी चन्दले बताए । गौतम आफ्नो माइतीमा बस्दै आएकी थिइन् । गौतमकी छोरी पहिलाको श्रीमानसँग भएको बताए पनि पुष्टि हुन बाँकी रहेको प्रहरीको भनाइ छ । आमाबाबु भारतमा काम गएकोले उनी कोठामा एक्लै बस्ने गरेको बताइएको छ ।
रातोपाटीबाट
















